गण्डकीका चार मन्त्रीले लिए शपथ, अर्थमन्त्रीमा तनहुँका जीतप्रकाश आलेमगर
पाेखरा | बैशाख २९, २०८०
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसबाट तनहुँका जीतप्रकाश आलेमगर आर्थिक मामिलामन्त्री, बागलुङका दिपेन्द्र थापामगर उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री र यस्तै माओवादी केन्द्रबाट म्याग्दीका रेशम जुग्जाली (सुविन) भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्तसँगै आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।
यस्तै स्याङ्जाकी सरस्वती तिवारी अर्याल उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र सुशीला सिम्खडा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् ।
वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अर्याल र सिम्खडालाई विना विभागीयमन्त्रीमा नियुक्त गरेका थिए ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

